नियम १५
जेष्ठता वापतको अड्ढ
: प्रहरी कर्मचारीलाई जेष्ठता वापतको अड्ढ दिंदा हाल बहाल रहेको पदमा काम गरेको प्रत्येक वर्षका लागि २.५ अड्ढका दरले बढीमा २५ अड्ढ दिइनेछ ।
तर,
(१) एक वर्षभन्दा बढी चानचुन महिना वा दिनका लागि समानुपातिक रुपमा अड्ढ दिइनेछ ।
(२) गयलकट्टी भएको अवधिको जेष्ठता वापतको अड्ढ दिइने छैन ।